जापानिज येन कमजोर भएपछि बिधुत–ग्यास बिलमा अनुदान दिने तयारी

जापानिज येनको मूल्य कमजोर र बढ्दै गएको महँगीलाई कम गर्न जापान सरकारले घरपरिवारका लागि बिधुत र ग्यासको बिलमा अनुदान उपलब्ध गराउने भएको छ।

सन् २०२६ को जनवरीदेखि मार्चसम्म परिवारहरूलाई ७,००० देखि ८,००० येनसम्म सहायता दिई बिल भार घटाइनेछ। यो सहयोग सरकारले तयारी गरेको व्यापक आर्थिक प्याकेजको हिस्सा हो, जसलाई यही शुक्रबार मन्त्रिपरिषद्ले अनुमोदन गर्ने अपेक्षा छ।

पहिले ६,००० येन सहायता प्रस्तावित गरिएकोमा, सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीको नयाँ गठबन्धन साझेदार निप्पोन इशिन नो काईले रकम बढाउन आग्रह गरेपछि यसलाई करिब ८,००० येन पुर्‍याउन लागिएको हो।

यी उपायका लागि आवश्यक खर्च आर्थिक वर्ष २०२५ को पूरक बजेटमा राखिनेछ, जसले आर्थिक वर्ष २०२४ को १३.९ ट्रिलियन येनको अतिरिक्त बजेटभन्दा धेरै बढ्ने अनुमान छ।

जापानिज येन कमजोर भएपछि जापानले बिधुत–ग्यास बिलमा अनुदान दिने तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0