होर्मुज जलसन्धिमा अमेरिकी नाकाबन्दी, विश्वभर तेल संकटको खतरा, जापान पनि सतर्क!
अमेरिका र इरानबीच बढ्दो तनावका बीच रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण Strait of Hormuz (होर्मुज जलसन्धि) मा सैन्य नाकाबन्दी गर्ने घोषणा गरिएको छ।अमेरिकी राष्ट्रपति Donald Trumpले सामाजिक सञ्जालमार्फत इरान जाने वा त्यहाँबाट आउने सबै जहाजहरूलाई रोक्ने निर्णय गरिएको बताएका छन्।
ट्रम्पका अनुसार इरानले जलसन्धिमा ‘माइन’ ओछ्याएर विश्वलाई धम्की दिएको आरोप लगाउँदै अमेरिकी नौसेनालाई त्यस्ता गतिविधि रोक्न निर्देशन दिइएको हो।
यस घटनाबारे जापान सरकारले पनि चासो व्यक्त गरेको छ। Minoru Kihara (मिनोरु किहारा) ले पत्रकार सम्मेलनमा जापानले स्थिति नजिकबाट नियालिरहेको बताएका छन्। उनले समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न र कूटनीतिक माध्यमबाट तनाव कम गर्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रपति ट्रम्पले जापान र दक्षिण कोरियाले आफ्नो अधिकांश तेल यही मार्गबाट आयात गर्ने भए पनि सुरक्षामा पर्याप्त सहयोग नगरेको भन्दै आलोचना गरेका छन्। यसअघि नै जापानकी प्रधानमन्त्री Sanae Takaichi (सानाए ताकाइची) ले जापानी कानुन र संवैधानिक सीमाका कारण केही कदम चाल्न कठिन हुने स्पष्ट पारिसकेकी छन्।
यो नाकाबन्दी सोमबार राति ११ बजेदेखि लागू हुने बताइएको छ, जसले विश्वव्यापी तेल आपूर्ति र इन्धनको मूल्यमा ठूलो प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0