
काठमाडौं – रोजगार अनुमति प्रणाली (EPS) मार्फत दक्षिण कोरिया जाने नेपाली युवाहरूको भाषा परीक्षा आजदेखि सुरु भएको छ। पहिलो चरणमा उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिने ६७ हजार युवाहरूलाई प्राथमिकतामा राखिएको छ।
EPS मार्फत सन् २०२५ मा कुल १,०२,५१५ नेपालीले आवेदन दिएका छन्। दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा काम गर्न इच्छुक ३५ हजार जनाको परीक्षा हुनेछ।
वैदेशिक रोजगार विभागले परीक्षा दुई महिनाभित्र सक्ने तयारी रहेको जनाएको छ। दक्षिण कोरियामा नेपाल EPS सदस्य देशमध्ये सबैभन्दा बढी श्रमिक पठाउने देश हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























