
डोनाल्ड ट्रम्प इरानविरुद्ध जारी सैन्य अभियान अन्त्य गर्ने तयारीमा रहेको खबर सार्वजनिक भएको छ।
स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला नभए पनि अमेरिकाले युद्ध अन्त्य गर्ने विकल्पमाथि विचार गरिरहेको The Wall Street Journal ले जनाएको छ।
समाचारअनुसार, हर्मुज खोल्न सैन्य कारबाही थप विस्तार गर्दा द्वन्द्व ४ देखि ६ हप्ताको अनुमानित समयभन्दा लामो हुन सक्ने मूल्याङ्कन गरिएको छ।
अमेरिकी पक्षले इरान को नौसेना र मिसाइल क्षमतामा ठूलो क्षति पुर्याइसकेको ठानेको छ। त्यसपछि अब सैन्य अभियान अन्त्य गर्ने विकल्पमाथि छलफल भइरहेको बताइएको छ।
साथै, अब कूटनीतिक माध्यममार्फत इरानलाई व्यापारिक जलमार्ग खोल्न दबाब दिने रणनीति अपनाउने तयारी भइरहेको छ।
यस विषयमा ह्वाइट हाउस सँग प्रतिक्रिया मागिए पनि हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























