
जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई जापान सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ । जापानी प्रधानमन्त्री तकाइची सनायसँग मंगलबार भएको शिष्टाचार भेटअघि राष्ट्रपति पौडेललाई सम्मानस्वरूप गार्ड अफ अनर दिइएको हो ।
भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल–जापानबीचको कूटनीतिक सम्बन्ध अझ नजिक र गहिरो बन्दै गएको बताए । उनले द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको धारणा व्यक्त गरे ।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवलाई महत्वपूर्ण कोशेढुङ्गा भन्दै उनले उच्चस्तरीय भ्रमण आदानप्रदानले सम्बन्ध थप मजबुत बनाउने बताए । प्रधानमन्त्री सनायले नेपालको स्थायित्व क्षेत्रका लागि महत्वपूर्ण रहेको भन्दै आगामी निर्वाचन सफल होस् भन्ने कामना गरे र जापानले पर्यवेक्षक पठाउने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























