
गायक तथा संगीतकार बाबुल गिरीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ। शनिबार दिउँसो काठमाडौंको अनामनगरस्थित उनको स्टुडियोमा एक युवतीले आत्मदाह गर्ने प्रयास गरेपछि घटनाको अनुसन्धान सुरु गरिएको हो।
जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार, नितु पौडेल नामकी युवतीले गिरीको स्टुडियोमै आत्मदाहको प्रयास गरेकी थिइन्। उक्त घटनाको कारण र पृष्ठभूमि बुझ्न गायक गिरीलाई आइतबार प्रहरीमा उपस्थित हुन भनिएको हो।
घटनाको क्रममा बाबुल गिरीले युवतीलाई बचाउने प्रयास गर्दा आफैं पनि घाइते भएका थिए। दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि पठाइएको थियो।
हाल नितु पौडेललाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























