
ब्लु ब्वाइज युनियनको आयोजनामा चुरुमी योकुचीस्थित नेपाली मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम अप्रिल १९, २०२६ मा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गरिएको थियो।
कार्यक्रमका अध्यक्ष बासुदेव लामीछाने का अनुसार, मन्दिर परिसरलाई सफा, व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
सहभागीहरूले सरसफाइ सामग्री प्रयोग गरी परिसर सफा गर्दै सक्रिय रूपमा योगदान दिएका थिए। आयोजकले सहभागी सबैप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले समुदायमा एकता र जिम्मेवारीको भावना बढाउने विश्वास व्यक्त गरेको छ।
यस अवसरमा आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
साथै, समुदायका सदस्यहरूबीच आपसी सहयोग र एकताको भावना अझ मजबुत भएको आयोजकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1





















