चीन पुगे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रातो कार्पेटमा भव्य स्वागत !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार उच्चस्तरीय वार्ताका लागि चीनको राजधानी बेइजिङ पुगेका छन्। चीनका राष्ट्रपति सी जिनपिङसँग हुने भेटवार्तालाई विश्व राजनीति र अर्थतन्त्रका दृष्टिले निकै महत्वपूर्ण रूपमा हेरिएको छ।बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रम्पलाई भव्य स्वागत गरिएको थियो। स्वागत कार्यक्रममा सैन्य सम्मान, ब्याण्ड प्रस्तुति तथा अमेरिकी र चिनियाँ झण्डा बोकेका बालबालिकाहरू सहभागी थिए।

यो भ्रमण मुख्य रूपमा अमेरिका–चीन सम्बन्ध स्थिर बनाउने प्रयासमा केन्द्रित रहेको बताइएको छ। दुई देशबीच व्यापार विवाद, ताइवान मुद्दा तथा इरान सम्बन्धी बढ्दो तनावका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।ट्रम्पसँग चीनका लागि अमेरिकी राजदूत डेभिड पर्ड्यु पनि सहभागी रहेका छन्। चीन पुगेपछि उनले उपराष्ट्रपति हान झेङसँग प्रारम्भिक भेट गरेका थिए।

सन् २०१७ पछि ट्रम्पको यो पहिलो चीन भ्रमण हो। त्यसबेला भएको भ्रमणमा ठूला व्यापारिक सम्झौताहरू सार्वजनिक गरिए पनि पछि अमेरिका–चीन व्यापार तनाव चर्किएको थियो।

विश्लेषकहरूका अनुसार यसपटकको शिखर वार्ताले विश्व अर्थतन्त्र, सुरक्षा नीति तथा दुई महाशक्तिबीचको सम्बन्धमा नयाँ दिशा दिन सक्ने सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0