जापानमा बस्ने ९१% विदेशी खुशी, सुरक्षा र जीवनशैलीका कारण विदेशीहरू जापानप्रति आकर्षित!

जापानको अध्यागमन सेवा एजेन्सीले गरेको पछिल्लो सर्वेक्षणअनुसार जापानमा बस्ने ९१ प्रतिशत विदेशी नागरिकहरूले आफ्नो जीवनप्रति सन्तुष्टि व्यक्त गरेका छन्।

दस भाषामा गरिएको उक्त सर्वेक्षणमा अंग्रेजी, टागालोग, म्यान्डारिन, भियतनामी तथा पोर्चुगिज भाषाका उत्तरदाताहरू सहभागी भएका थिए। सर्वेक्षणअनुसार यो सन्तुष्टि दर अघिल्ला वर्षहरूको तुलनामा पनि बढ्दो क्रममा रहेको बताइएको छ।

विदेशीहरूले जापानको सुरक्षा, सफा वातावरण, व्यवस्थित सार्वजनिक सेवा, चार ऋतुको प्राकृतिक सौन्दर्य तथा सामाजिक संस्कारलाई प्रमुख आकर्षणका रूपमा उल्लेख गरेका छन्।

विशेषगरी साना बालबालिकाले एक्लै रेल चढेर विद्यालय जान सक्ने स्तरको सार्वजनिक सुरक्षा, शान्त वातावरण र दैनिक जीवनको अनुशासनले धेरै विदेशी प्रभावित भएको प्रतिक्रिया दिएका छन्।

जापानमा हाल विदेशी बासिन्दाको संख्या ४१ लाखभन्दा बढी पुगेको छ, जुन अहिलेसम्मकै उच्च संख्या मानिन्छ।

जापान सरकारले कानुनी प्रक्रिया पूरा गर्ने, कर तथा स्वास्थ्य बिमा तिर्ने, भाषा सिक्ने र स्थानीय नियम पालना गर्ने विदेशीहरूलाई दीर्घकालीन बसोबास तथा स्थायी बसोबास (Permanent Residency) को अवसर पनि प्रदान गर्दै आएको छ।

विशेषज्ञहरूका अनुसार श्रम अभाव र जनसंख्या घट्दै गएको अवस्थाले आगामी वर्षहरूमा जापान विदेशी जनशक्तिमा अझ बढी निर्भर हुने सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0