
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


जापानस्थित गल्कोट समाज जापानद्वारा आयोजना गरिएको “सांगीतिक श्रृङ्खला २०२६” ओसाकाबाट सुरु भई टोकियोमा समापन हुँदै सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त सांगीतिक श्रृङ्खलाबाट संकलित रकम गल्कोट नगरपालिका र तारा गाउँपालिकामा शैक्षिक अक्षय कोष स्थापना गरी जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको शिक्षामा लगानी गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।
गल्कोट समाचार जापानका महासचिव दिलीप कँडेलका अनुसार अघिल्लो वर्ष सम्पन्न कार्यक्रमबाट माध्यमिक तहका ११ वटा विद्यालयमा पाँच–पाँच लाख रुपैयाँका दरले शैक्षिक अक्षय कोष स्थापना गरिसकिएको छ। उहाँले यस वर्ष बाँकी रहेका आठवटा माध्यमिक तहका विद्यालयहरूमा समेत शैक्षिक अक्षय कोष स्थापना गरिने जानकारी दिनुभयो।
प्रवासमा रहेर पनि मातृभूमिको शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पु¥याउने उद्देश्यका साथ गल्कोट समाज जापानले यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ।



