
जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमबार राति 7.5 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यसका कारण विभिन्न बन्दरगाहहरूमा 20–70 से.मी. उचाइका साना सुनामी छालाहरू देखिएका थिए। भूकम्पपछि जारी गरिएको सुनामी चेतावनी केही घण्टापछि एडभाइजरीमा घटाइएको छ।
सरकारी तथ्यांकअनुसार यस भूकम्पमा 23 जना घाइते भएका छन्, जसमा धेरैजना समान वा वस्तु झर्दा चोटिएका हुन्। सरकारले प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























