गोवाको नाइटक्लबमा मध्यरातको त्रासदी : २५ को मृत्यु, चार नेपाली श्रमिकले गुमाए ज्यान

नयाँ दिल्ली –

यस दर्दनाक घटनामा चार नेपाली युवाले कामकै क्रममा भयानक मृत्यु व्यहोरिएका छन्। गोवा प्रहरीका अनुसार मृत्यु हुने नेपालीहरूमा चूर्णबहादुर पुन, विवेक कटवाल, सुदीप, र सविन छन्। चारैजनाको पोष्टमार्टम सकिएको र शव अस्पतालमै सुरक्षित राखिएको प्रहरीको भनाइ छ।

गोवा सरकारले घटनापछि तत्काल नयाँ दिल्लीस्थित नेपाली दूतावाससँग सम्पर्क गरी शव नेपाल पठाउन आवश्यक समन्वय अघि बढाएको जनाइएको छ। मृतकहरूको स्थायी ठेगाना भने खुल्न बाँकी छ।

आगलागीमा मृत्यु भएकामध्ये २० जना क्लबका कर्मचारी५ जना पर्यटक थिए। पर्यटकमध्ये ४ जना दिल्लीका१ जना कर्नाटकका रहेको प्रहरीले पुष्टि गरेको छ।

मधुर संगीत र चम्किला बत्तीबीच रमाइलो गर्दै गरेको यो क्लब केही क्षणमै धुवाँ, चर्को आवाज र त्रासदीको केन्द्रबिन्दु बन्न पुग्यो। राजधानी पणजीबाट करिब २५ किलोमिटर टाढा रहेको यस स्थानमा विस्फोटपछि उठेको अग्निबाट उद्धारकर्ताले तत्काल नियन्त्रणमा लिन नसक्दा क्षति झनै गम्भीर भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0