
१८ मंसिर, काठमाडौं ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा नयाँ निवास निर्माण कार्य औपचारिक रूपमा सुरू भएको छ। ‘ओली कुटी’ नाम दिइएको सो आवास संरचनाको शिलान्यास ओलीकी जीवनसाथी राधिका शाक्यले बिहीबार सम्पन्न गरेकी हुन्।
जेनजी आन्दोलनका क्रममा बालकोटस्थित ओली निवासमा आगजनी भएपछि उनी हाल भक्तपुरकै गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन्। नयाँ ‘ओली कुटी’ पनि हालैसम्म बसोबास गर्दै आएको घर नजिकै करिब एक रोपनी क्षेत्रफलमा निर्माण हुन लागिएको हो।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार गुण्डुवासीले उपलब्ध गराएको जग्गामा यो कुटी निर्माण थालिएको हो। एमाले नेतृत्वले यसलाई दीर्घकालीन आवास संरचना भनेर व्याख्या गरेको छ।
‘ओली कुटी’मा के–के रहनेछन्?
नयाँ भवनमा निम्न सुविधा रहनेछन्—
-
बैठक कक्षहरू
-
पुस्तकालय
-
ग्रीनहाउस
-
कौसीखेतीको सुविधा
गुण्डुवासीको सक्रिय सहयोगमा बन्न लागेको यो निवासलाई स्थानीय तथा एमालेलाई महत्त्वपूर्ण प्रतीकका रूपमा हेरिएको छ।

























