जापानमा सुत्केरी खर्च सरकारले बेहोर्ने नयाँ योजना

जापान – जन्मदर बढाउने र महंगाइको बोझ कम गर्ने उद्देश्यले जापान सरकारले सुत्केरी खर्चको सबै खर्च सार्वजनिक स्वास्थ्य बीमा मार्फत बेहोर्ने योजना बनाएको छ। यसअन्तर्गत, परिवारले बच्चा जन्माउँदा लाग्ने प्रसूति खर्च पूर्ण रूपमा सरकारले बेहोर्नेछ र हाल दिइँदै आएको एकमुष्ट सुत्केरी भत्ता हटाइनेछ।

यो नयाँ व्यवस्था सन् २०२७ वा त्यसपछि लागु हुने गरी आगामी वर्षको संसदीय सत्रमा पेश हुने तयारीमा छ। हाल टोकियोमा सुत्केरी खर्च करिब ६ लाख ५० हजार येनसम्म पुग्ने गरेको छ, जसमा सरकारले ५ लाख येन भत्ता दिँदै आएको थियो। बीमा प्रणाली लागू भएपछि बाँकी खर्च पनि सरकारले बेहोर्नेछ।

बढ्दो महंगी र जन्मदर घट्ने परिस्थितिमा ल्याइएको यस परिवर्तनले जापानमा बसोबास गर्ने नेपाली लगायत अन्य आप्रवासीहरूलाई समेत राहत दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0