अमेरिकाबाट ३५ नेपाली डिपोर्ट, अधिकांश अवैध मार्ग हुँदै पुगेका थिए

काठमाडाैं । अमेरिकाबाट ३५ नेपाली नागरिक डिपोर्ट गरी काठमाडौं ल्याइएका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार तीमध्ये ३३ जना अवैध तल्लो मार्ग हुँदै अमेरिका पुगेका थिए।

उनीहरूबाट ८० लाख रुपैयाँसम्म असुलिएको अनुसन्धानमा खुलेको छ। डिपोर्ट भएकामध्ये धेरैजना रुकुम र दाङका रहेका छन्।

यसबाहेक एक जना विद्यार्थी भिसामा गएर भिसाविपरीत काम गरेको पाइएपछि फर्काइएका छन् भने अर्को एक जना भिजिट भिसामा अमेरिका पुगेपछि अवैध रूपमा काम गर्ने क्रममा पक्राउ परेका थिए।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति लागू गरेपछि त्यहाँ पुगेका अवैध नेपालीहरूलाई फिर्ता गर्ने प्रक्रिया तीव्र बनाइएको थियो। अमेरिकामा कार्यकालको समयभित्र नै २ सयभन्दा बढी नेपाली डिपोर्ट भइसकेको प्रहरी तथ्यांकमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0