
काठमाडौं — नेपाल उड्डयन नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले (CAAN) आज एक महत्त्वपूर्ण निर्णय गर्दै ७० वर्ष उपरका ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुहरुलाई आन्तरिक उडानमा हवाई टिकट भाडामा ठूलो छुट दिने व्यवस्था अघि सारेको छ।
आइतबार प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूबीच भाडा छुटका विषयमा सहमति जुटाइएको हो।
सोही निर्णय अनुसार, प्राधिकरणले सबै आन्तरिक वायुसेवा कम्पनीहरूलाई आइतबारदेखि नै छुट व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।
सहमति अनुसार, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले नेपाल सरकारले तोकेको अधिकतम हवाई भाडामा ५० प्रतिशत छुट पाउनेछन्। त्यस्तै, ७५ वर्षभन्दा माथिका यात्रुका लागि ७० प्रतिशत र ८० वर्षभन्दा माथिका यात्रुका लागि ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
यससँगै फरक क्षमता भएका यात्रुहरूलाई पनि विशेष सुविधा दिने तयारी गरिएको प्राधिकरणले जनाएको छ।

























