टोकियो, जापान ।
जापान सरकारले विदेशी नागरिकलाई दिइने बिजनेस म्यानेजर भिसा (Business Manager Visa) सम्बन्धी नियमहरू कडा बनाउने निर्णय गरेको छ। शुक्रबार सार्वजनिक गरिएको नयाँ नियम २०२५ अक्टोबर १६ देखि लागू हुनेछ।

सरकारका अनुसार यो परिवर्तनको उद्देश्य जापानमा साँच्चिकै व्यापार गर्न चाहने उद्यमीलाई मात्र भिसा दिने हो।

नयाँ नियमअनुसार अब बिजनेस म्यानेजर भिसा पाउनका लागि निम्न शर्तहरू अनिवार्य गरिएको छ:

  • न्यूनतम लगानी रकम ५० लाख येनबाट बढाएर ३ करोड येन

  • कम्तीमा एकजना पूर्णकालीन कर्मचारी अनिवार्य

  • व्यवस्थापनमा कम्तीमा ३ वर्षको अनुभव वा सम्बन्धित क्षेत्रमा स्नातकोत्तर डिग्री (Masters)

  • Certified Accountant बाट स्वीकृत गराउनुपर्ने

  • आवेदक वा कर्मचारीसँग आवश्यक जापानी भाषा ज्ञान

  • भिसा नवीकरणका क्रममा कर र सामाजिक सुरक्षा प्रिमियमको भुक्तानीको जाँच गरिने

यी कडाइहरूका कारण अब जापानमा व्यवसाय गर्न चाहने नेपाली तथा अन्य विदेशी उद्यमीहरूले बढी पूँजी, स्पष्ट योजना, र योग्य व्यवस्थापन देखाउनुपर्नेछ।

विशेषज्ञहरूका अनुसार नयाँ नियम लागू भएसँगै बिजनेस म्यानेजर भिसाका लागि आवेदन संख्या उल्लेख्यरूपमा घट्न सक्ने अनुमान गरिएको छ।

यसअघि ५० लाख येनको पूँजीमा पनि भिसा प्राप्त सम्भव थियो, तर अब ३ करोड येनको लगानीबिना व्यवसाय सुरु गर्न मुस्किल पर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0