
काठमाडौँ। असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जेरी अन टप’ ले २०८२ सालको सबैभन्दा बढी कमाइ गर्ने चलचित्रको रेकर्ड बनाएको छ।
चलचित्र विकास बोर्डअन्तर्गतको बक्स अफिस सिनेमा का अनुसार, गत शनिबारसम्म यो चलचित्रले रु ११ करोड ७१ लाख ४१ हजार ४९८ ग्रस कमाइ गरेको छ।
निर्माता सरोज न्यौपानेले दर्शकबाट पाएको माया र साथप्रति आभार व्यक्त गर्दै भने,
“चलचित्र अझै प्रदर्शनमा छ, त्यसैले कमाइ अझ बढ्ने अपेक्षा छ। विदेशमा पनि दर्शकको राम्रो प्रतिक्रिया पाइरहेका छौं, जुन हाम्रो लागि गर्वको कुरा हो।”
यसअघि ‘ऊनको स्वीटर’ ले रु ११ करोड ४१ लाख ८८ हजार ७८० कमाइ गर्दै वर्षको शीर्ष स्थानमा थियो।
‘जेरी अन टप’ मा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको निर्देशन सुयोग गुरुङले गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























