जापान सरकारको नयाँ योजना: विदेशी विद्यार्थीको आम्दानी र कामको समय जाँचिने!
जापान सरकारले अध्ययनरत विदेशी विद्यार्थीहरूको वर्किङ भिसा प्रक्रिया तथा पार्ट-टाइम काम (अरुबाइटो) सम्बन्धी नियममा कडाइ गर्ने तयारी गरेको छ।
हाल जापानमा अध्ययनरत विदेशी विद्यार्थीहरूले हप्तामा अधिकतम २८ घण्टा मात्र काम गर्न पाउने नियम छ। तर धेरै विद्यार्थीहरूले यो सीमा नाघेर काम गरिरहेको पाइएको भन्दै सरकारले निगरानी प्रणाली कडा बनाउने योजना अघि बढाएको हो।
सरकारी स्रोतका अनुसार अब My Number प्रणाली प्रयोग गरी विद्यार्थीहरूको आम्दानी र काम गरेको समय अनुगमन गरिनेछ। यस प्रणालीमार्फत इमिग्रेसन विभागले विद्यार्थीहरूको काम र आयसम्बन्धी विवरण सिधै जाँच गर्न सक्ने बताइएको छ।
अधिकारीहरूका अनुसार नियम उल्लङ्घन गरेको पाइएमा त्यसले भिसा नवीकरण प्रक्रियामा पनि प्रत्यक्ष असर पार्न सक्छ।
यता विद्यार्थी अधिकारकर्मी र विशेषज्ञहरूले भने यस कदमले नियम पालनामा सहयोग पुग्ने भए पनि केही विदेशी विद्यार्थीहरूका लागि आर्थिक दबाब बढ्न सक्ने चेतावनी दिएका छन्।
विद्यार्थीहरूले सरकारसँग नियम कडा बनाउँदा स्पष्ट सूचना, परामर्श र सहयोग प्रणाली पनि उपलब्ध गराउनुपर्ने माग गरेका छन्, ताकि उनीहरूले नियमअनुसार काम गर्न सकून्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0