
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित मधेश प्रदेशको राजधानी जनकपुरधाम पुगेका छन्। उनले यो यात्रा पूर्ण रूपमा धार्मिक भएको स्पष्ट पारेका छन्। जनकपुरधाममा उनले जानकी मन्दिर र राम मन्दिरलगायत विभिन्न मठ–मन्दिरमा पूजा–पाठ गरे। पूजा पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो भ्रमण कुनै राजनीतिक उद्देश्यका लागि नभई पारिवारिक र धार्मिक आस्थासँग सम्बन्धित मात्र भएको बताए।
भ्रमणका क्रममा जानकी मन्दिर परिसरमा उपस्थित समर्थकहरूले उनको स्वागत गरेका थिए। विशेष पूजा सम्पन्न गरेपछि उनी करिब आधा किलोमिटर पैदल हिँड्दै राम मन्दिर पुगेका थिए। केही समूहले नाराबाजी गरे पनि पूर्वराजा शाहले कुनै राजनीतिक प्रतिक्रिया नदिई आफ्नो यात्रा धार्मिक सीमामा नै रहेको दोहोर्याएका छन्। धार्मिक दर्शनपछि उनी आफ्नो तय कार्यक्रमअनुसार अगाडि बढेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























