पुटिनको निजी निवासमाथि ड्रोन आक्रमण दाबीले विश्व चिन्तित

रुसले राष्ट्रपति भ्लादिमिर पुटिनको निजी निवासमाथि युक्रेनले ड्रोन आक्रमण गरेको दाबी गरेपछि अन्तर्राष्ट्रिय राजनीति तातेको छ। रुसी पक्षका अनुसार नोभगोरोड क्षेत्रको लेक भाल्दाइ किनारमा रहेको राज्य आवासलाई लक्षित गर्दै लामो दूरीका ड्रोन प्रयोग गरिएको थियो। यस घटनापछि रुसी विदेशमन्त्रीले शान्ति वार्ताको धारणा पुनरावलोकन गर्नुपर्ने संकेत दिएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ले भने उक्त आरोपलाई अस्वीकार गर्दै यसलाई रुसले युद्ध चर्काउन र ठूलो आक्रमणको बहाना बनाउन प्रयोग गरिरहेको बताएका छन्। सुरक्षा विज्ञहरूका अनुसार पुटिनका निवासहरू कडा सुरक्षा र अत्याधुनिक हवाई प्रतिरक्षा प्रणालीभित्र पर्ने भएकाले यस्तो आक्रमण सफल हुनु निकै कठिन छ।

घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले गहिरो चिन्ता व्यक्त गर्दै हिंसा अन्त्य र कूटनीतिक प्रयासमा जोड दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले पनि राष्ट्रप्रमुखको निवासमाथि आक्रमणको दाबी खतरनाक संकेत भएको बताएका छन्।

विश्लेषकहरूका अनुसार यस्ता दाबीहरूले युद्धलाई झन् जोखिमपूर्ण बनाउने खतरा बढेको छ, र विश्व समुदायका लागि अहिलेको मुख्य प्राथमिकता ठूलो द्वन्द्व रोक्दै शान्ति प्रक्रिया जोगाउनु नै हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0