विदेशमा पनि गुरुङ समुदायले धुमधाम मनाउँदै -तमु ल्होछार

वासिङ्टन डिसी क्षेत्रका गुरुङ समुदायले हरेक वर्ष जस्तै यस वर्ष पनि तमु ल्होछार २०२५ धुमधामका साथ मनाउने तयारी गरेको छ। कार्यक्रमको मूल आयोजक समिति तमु धीं भर्जिनियाले आयोजना गर्दै आएको छ।

समितिका संयोजक बिन्ती कुमार गुरुङ का अनुसार, आगामी पुष १५ गते सर्प बर्ग (स-प्रिल्हो) विदाई गर्दै नयाँ घोडा बर्ग (ल्हो) स्वागत गरिने छ।

कार्यक्रममा गुरुङ भेषभुषा लगाएर मौलिक गीत–संगीत, नाचगान, रमाइलो र परिकार सँगै आपसमा शुभकामना आदान–प्रदान गरिनेछ। आजभोलि यो पर्व नेपालमा मात्र होइन, विदेशमा बस्ने गुरुङ र गैर-गुरुङ समुदायले पनि उत्साहका साथ मनाउने चलन बढेको छ।

समाजका सचिव थमन गुरुङ का अनुसार, ६१ सदस्यीय ल्होछार मूल आयोजक समिति २०२५ गठन गरिएको छ।

कार्यक्रममा टिकट मूल्य प्रतिव्यक्ति ४५ डलर तोकिएको छ, र १० वर्ष मुनिका बालबालिकालाई निशुल्क प्रवेश दिइनेछ। समाजका अध्यक्ष नन्द कुमार गुरुङ का अनुसार, कार्यक्रम डिसेम्बर ३०, मंगलवार, ५ बजेदेखि मध्यरात १२ बजेसम्म चल्नेछ। ठेगाना: ४००, सेन्टर स्ट्रेट, भियाना, भर्जिनिया २२१८०।

तमु धीं भर्जिनियाले सम्पूर्ण गुरुङ तथा नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भएर सहयोग र समर्थन दिन अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0