
जापानको मध्य भागमा पर्ने शिजुओका प्रान्तको मिशिमा सहरस्थित एक कारखानामा भएको चक्कु प्रहारबाट १४ जना घाइते भएका छन् ।
मिशिमाको अग्नि नियन्त्रण विभागका अधिकारी टोमोहारु सुगियामाका अनुसार घाइतेहरूरुलाई आपतकालीन सेवामार्फत अस्पताल लगिएको छ । उनका अनुसार शुक्रबार दिउँसो करिब साढे चार बजे नजिकैको रबर कारखानाबाट फोन आएपछि उद्धार टोली घटनास्थल पुगेको थियो ।
फोनमा ५–६ जनालाई कसैले चक्कु प्रहार गरेको जानकारी दिइएको थियो । जापानी सञ्चारमाध्यमका अनुसार घटनासँग सम्बन्धित एक व्यक्तिलाई प्रहरी नियन्त्रणमा लिइसकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























