मरे खबर सुन्न पाउने छौ’ : गीतकार सुरेश शिवाकोटी नयाँ गीत

काठमाडौं । पछिल्लो समय निरन्तर गीत–संगीत सिर्जनामा सक्रिय गीतकार सुरेश शिवाकोटीले आफ्नो नयाँ सिर्जना ‘मरे खबर सुन्न पाउने छौ’ सार्वजनिक गरेका छन्। मार्मिक शब्दको रसानुसार लोकलयमा तयार गरिएको यो गीतले प्रेम, वियोग र सम्झनाको संवेदनशील भावलाई समेट्ने प्रयास गरेको छ।

गीतमा गायक नरेश खाती र गायिका भिमकुमारी वाँठा मगरको मधुर आवाजले थप जीवन भरेको छ। गीतको संगीत पनि नरेश खातीले नै तयार गरेका छन्, जसले गीतलाई रोमान्टिक र श्रवणीय बनाएको छ।

सार्बजनिक म्यूजिक भिडियोमा चर्चित मोडेल तथा उद्घोषक रिमा विश्वकर्मा र गायक नरेश खाती स्वयं मुख्य भूमिकामा देखिएका छन्। उनीहरूको अभिनयमार्फत गहिरो माया–प्रेम, पीडा र एकअर्काप्रतिको सम्झनाको तानाबानालाई निकै प्रभावकारी ढंगले उतारिएको छ। भिडियोले प्रेम कहिल्यै पूर्णरूपमा मर्दैन, सम्झनामा सदैव बाँच्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ।

भिडियो छायांकन प्रकाश खड्काले गरेका छन् भने सम्पादन नविन घर्तिमगरको छ। निर्देशनको जिम्मा जेरी भण्डारीले सम्हालेका छन्। यो म्यूजिक भिडियो मेक्सम नरेश अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0