नेपाल पत्रकार महासंघ जापान शाखा: छैठौँ अधिवेशन – नयाँ नेतृत्व छान्न आइतबार मतदान

जापान— नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौँ अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्न आइतबार, नोभेम्बर २३ मा निर्वाचन हुँदैछ।

अध्यक्षसहित धेरै पदमा आवश्यकभन्दा बढी उम्मेदवारी परेपछि यसपटक अधिवेशन प्रतिस्पर्धात्मक हुने निश्चित भएको निर्वाचन समितिले जनाएको छ। केही पद भने निर्विरोध भएका छन्।

अध्यक्षमा हालका उपाध्यक्ष रविन्द्र श्रेष्ठ र हालका सचिव राजन गौतम प्रतिस्पर्धामा छन्।
अन्य प्रतिस्पर्धात्मक पदहरूमा—

  • उपाध्यक्ष: गोकर्ण अधिकारी, मनिषा चम्लागाई, बिनोद कुमार सापकोटा

  • महिला उपाध्यक्ष: लक्ष्मी पौडेल, सजिना मोक्तान

  • सचिव: अर्जुन लामिछाने, विश्वास आचार्य

  • खुला सदस्य: दिनेश थापा, दुर्गा प्रसाद आचार्य, रामचन्द्र गिरी, भवानी भट्ट, भुवन भण्डारी, विनोद खनाल, निरुता बिक

त्यसैगरी, खुला सहसचिव (बिष्णु प्रसाद सापकोटा), समावेशी सहसचिव (फुर्वा शेर्पा)कोषाध्यक्ष (भुलबहादुर राना निशान) निर्विरोध भएका छन्। समावेशी एक सदस्य र दुई केन्द्रीय परिषद् सदस्यमा भने उम्मेदवारी परेको छैन।

आइतबारको मतदानबाट नयाँ कार्यसमिति चयन भएपछि शाखाको आगामी तीन वर्षे नेतृत्व स्पष्ट हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0