
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछिको पहिलोपटक पार्टीको केन्द्रीय कार्यालय पुगेका छन्। उनी शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा पुगेका हुन्।
ओली पार्टीद्वारा आयोजित चियापान तथा शुभकामना कार्यक्रममा सहभागी हुन पुगेका हुन्। विजयादशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित उक्त कार्यक्रममा पार्टीका नेताहरु, कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





















