सरकारले ११ देशका राजदूत फिर्ता गर्ने निर्णय

मन्त्रिपरिषद्को निर्णय अनुसार, पूर्व प्रधानमन्त्रीहरूको कार्यकालमा राजनीतिक नियुक्तिमा विदेश पठाइएका सबै राजदूतलाई आउँदो कात्तिक २० भित्र स्वदेश फर्कन निर्देशन दिइएको छ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिँदै भने, “राजनीतिक नियुक्तिमा रहेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय मन्त्रिपरिषदबाट भएको हो।”

डा. सुबेदी जापानमा रहेका नेपाली समुदायसँग सक्रिय सम्पर्कमा थिए। उनी फिर्ता भएपछि नयाँ राजदूत नियुक्त गर्ने प्रक्रिया परराष्ट्र मन्त्रालयले अघि बढाएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0