नेपालमा २० देशका विज्ञद्वारा इन्टरनेट र एआईमाथि छलफल

काठमाडौँ । इन्टरनेट र कृत्रिम बुद्धिमत्ता (एआई) का विविध पक्षमा २० देशका विज्ञहरूले नेपालमा चार दिनसम्म छलफल गरेका छन्।
‘एपीसिग २०२५’ नामक सम्मेलन असोज २१ देखि २४ गतेसम्म एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सको आयोजनामा सम्पन्न भएको हो।

अध्यक्ष बाबुराम अर्यालका अनुसार सम्मेलनमा १६ सत्रमा २२ विज्ञ वक्ताहरूले इन्टरनेट गभर्नेन्स, एआईको अवसर र चुनौती, साइबर सुरक्षा, तथ्याङ्क संरक्षण, सामाजिक सञ्जाल नियमन, भ्रामक सूचना नियन्त्रण लगायत विषयमा प्रस्तुति दिएका थिए।

१६ देशका सरकारी अधिकारी, प्राध्यापक, पत्रकार, अधिकारकर्मी र अनुसन्धानकर्तासहित ३४ फेलो सहभागी भएको उपाध्यक्ष वाकास हसनले जानकारी दिए।

नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, म्यानमार, मलेसिया, जापान, अस्ट्रेलिया लगायत २० भन्दा बढी देशका प्रतिनिधि सहभागी थिए।
कार्यक्रमको समापनमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र अध्यक्ष अर्यालले सहभागीसँग प्रमाणपत्र वितरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0