
जापानको ओसाका सहरमा नेपाल तामाङ समाज जापान, कान्साई क्षेत्रीय समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ।
२०२६–२०२८ कार्यकालका लागि सम्पन्न उक्त अधिवेशनबाट राज थिङ तामाङ सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित भएका छन्।अधिवेशन नेपाल तामाङ समाज जापानका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गिरबहादुर धिसिङ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षहरू सरीना लामा, सन्देश लामा र सम्झना घिसिङ चयन भएका छन्। सचिवमा असल मोक्तान र सह–सचिवमा अञ्जली लामा चयन भएका छन् भने कोषाध्यक्षमा अभिनाश लामा र सह–कोषाध्यक्षमा युइशा लामा रहेका छन्।
त्यसैगरी सांस्कृतिक संयोजकमा सानु वाइबा तथा सह–संयोजकमा अस्मिता लोप्चन चयन भएका छन्। सदस्यहरू तथा सल्लाहकारहरू समेत ठूलो संख्यामा चयन गरिएको छ। नवनिर्वाचित अध्यक्ष राज थिङ तामाङले आफ्नो कार्यकालमा समुदायको एकता मजबुत बनाउने, सांस्कृतिक पहिचान संरक्षण गर्ने र सामाजिक गतिविधिहरूलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
समुदायका सदस्यहरूले नयाँ नेतृत्वले कान्साई क्षेत्रमा रहेका नेपाली तामाङ समुदायलाई अझ संगठित र सक्रिय बनाउने अपेक्षा व्यक्त गरेका छन्।





















