
जापानको टोकियोस्थित ओटा वार्डमा एककम्पनी मालिकको हत्या गरेको आशंकामा सोही कम्पनीका एक कर्मचारी पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति ४५ बर्षीय मासाहिरो यामाना रहेको प्रहरीले जानेको छ। जानकारीअनुसार उनले आफूले काम गर्ने कम्पनीका मालिक ४४ बर्षीय अकिहिरो कावाशिमा लाई छुरा प्रहार गरी हत्या गरेको आशंका गरिएको छ।
घटना यही महिनाको ७ तारिखतिर ओटा वार्डको एक अपार्टमेन्टमा भएको बताइएको छ। कावाशिमाको घाँटी र शरीरका अन्य भागमा छुरा प्रहार गरिएको थियो, जसका कारण उनको ज्यान गएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा अर्को तथ्य पनि बाहिर आएको छ। अपराध पत्ता लागेको भोलिपल्ट बिहान यामानाका टोकियो स्टेशन पुगेका थिए। उनी शिन्कान्सेन बुलेट ट्रेन चढेर कतै टाढा भाग्ने प्रयासमा रहेको बेला प्रहरीहरूले उनलाई रोकेर सँगै जान भनेका थिए। सोधपुछका क्रममा यामानाकाले “म धेरै निराश थिएँ र कतै टाढा जान चाहन्थें” भनेका छन्। त्यसैले उनले भाग्ने प्रयास गरेको विश्वास गरिएको छ।
यस घटनापछि यामानाकाकी आमाले १० तारिख बिहान प्रतिक्रिया दिँदै भनिन्, “मलाई आशा छ उसले आफ्नो अपराधको प्रायश्चित गर्नेछ।” उनले मृतक कावाशिमाप्रति गहिरो दुःख व्यक्त गर्दै छोराको कारण एक बहुमूल्य जीवन गुमेकोमा आफू माफी माग्न लाएक नभएको बताइन्। साथै उनले मासाहिरोले आफ्नो गल्ती स्वीकार गरी इमानदारीपूर्वक सजाय भोग्न र पश्चातापका साथ जीवन बिताओस् भन्ने आशा व्यक्त गर्नुभएको छ ।
महानगरीय प्रहरी विभागले घटनासँग सम्बन्धित थप प्रमाण जुटाउन बिहान ११ बजेदेखि यामानाकाको घरमा खोजी अभियान सञ्चालन गरिरहेको जनाएको छ। अनुसन्धान अझै जारी रहेको छ।

























