ओलीको ‘ह्याट्रिक: एमाले अध्यक्षमा लगातार तेस्रो पटक निर्वाचित

काठमाडौँ – नेकपा एमालेको ११औँ महाधिवेशनमा केपी शर्मा ओली पार्टी अध्यक्षमा लगातार तेस्रो पटक निर्वाचित भएका छन्। ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत पाएका थिए। उनी २०७१ साउन यता निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा छन्।

ओलीको राजनीतिक यात्रा लामो छ। २०२३ सालदेखि वामपन्थी आन्दोलनमा सक्रिय, १७ वर्षको उमेरमा जेल जीवन भोगेका ओली चार पटक प्रधानमन्त्री रहिसकेका छन्। संसद, मन्त्रिपरिषद् र पार्टी नेतृत्वमा उनले महत्वपूर्ण भूमिका निभाएका छन्।

विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि सक्रिय रहेका ओलीले चीन, भारत, अमेरिका, रूस लगायत २५ भन्दा बढी देश भ्रमण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0