जापानको होक्काइदोमा रेकर्ड तोड्ने भारी हिमपात, जनजीवन प्रभावित

जापानको उत्तरी क्षेत्र होक्काइदोमा यसै हप्ता रेकर्ड तोड्ने गरी भारी हिमपात भएको छ, जसका कारण जनजीवन प्रभावित बनेको छ । विशेषगरी पूर्वी होक्काइदोमा गएको डिसेम्बर १५ देखि ४८ घण्टाभित्र ५० सेन्टिमिटरभन्दा बढी हिउँ परेको स्थानीय मौसम कार्यालयले जनाएको छ ।

मौसमविद्हरूका अनुसार यो हिमपात डिसेम्बर महिनामा हालसम्मकै सबैभन्दा धेरै हो । निरन्तर हिमपातका कारण सडक यातायात अवरुद्ध भएको छ भने केही क्षेत्रमा रेल तथा हवाई उडानसमेत प्रभावित भएका छन् । स्थानीय प्रशासनले अत्यावश्यक बाहेकको यात्रा नगर्न नागरिकलाई आग्रह गरेको छ ।

भारी हिमपातका कारण विद्युत् आपूर्ति अवरुद्ध हुने जोखिम बढेको छ भने चिसो हावासँगै तापक्रम अत्यधिक घट्दा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान विभागले आगामी दिनहरूमा पनि थप हिमपातको सम्भावना रहेकाले सावधानी अपनाउन चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0