१६ कात्तिक, काठमाडौं — सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।

उनको आश्वासनपछि स्थानीयले फोहोर फाल्न पुनः अनुमति दिएका छन्। स्थानीयले चार दिनदेखि फोहोर रोक्का गरेका थिए, जसका कारण काठमाडौं महानगरले घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो।

मन्त्री घिसिङ आइतबार बिहान स्वयं बञ्चरेडाँडा पुगेका थिए। ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार, मन्त्रीले अघिल्ला सहमति १५ दिनभित्र कार्यान्वयन गर्ने र त्यो नहुँदा स्थानीयलाई विरोध गर्ने अधिकार सुरक्षित रहने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0