फुनाबाशीमा नेपाली विद्यार्थीको हत्या -जापानी महिला पक्राउ

टोकियो — जापानको चिबा प्रिफेक्चरको फुनाबाशी शहरस्थित एक होटलमा नेपाली विद्यार्थीको हत्या प्रकरणमा पक्राउ परेकी जापानी महिलाले घटनाअघि नै “प्रेमीसँगै मर्ने इच्छा” व्यक्त गरेको तथ्य बाहिर आएको छ।

५ तारिखमा भएको उक्त घटनामा ३२ वर्षीया मामी आसाकाले भान्साको चक्कुले आफ्ना प्रेमी, २१ वर्षीय नेपाली विद्यार्थी चान्टल बादलमाथि प्रहार गरेको आरोपमा २८ तारिखमा पक्राउ गरिएको थियो। उनलाई २९ तारिख बिहान अभियोजक कार्यालयमा पेश गरिएको हो।

पछिल्ला विवरणअनुसार, आसाकालाई चक्कु चोरी गरेको आरोपमा सोधपुछ गर्ने क्रममा उनले प्रहरीलाई भनिन्, हाल उनी मौन रहेकी छन् भने प्रहरीले हत्या सम्बन्धी कारण र घटनाको पृष्ठभूमि बारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0