
नोभेम्बर ८ मा आओमोरी नजिकै ठूलो भूकम्प गएपछि चीनको विदेश मन्त्रालयले आफ्नो नागरिकलाई जापान भ्रमण नुरोध गरेको छ। नोभेम्बर १४ मा फेरि बयान जारी गर्दै, हाल जापानको सुरक्षा अवस्था ठीक नरहेको भन्दै भ्रमण नगर्न आग्रह गरेको छ।
विदेश मन्त्रालयका अनुसार नोभेम्बर ८ पछि पूर्वी होन्शुको समुद्री क्षेत्रमा धेरै भूकम्प आए, केहीको तीव्रता ७.५ सम्म पुगेको थियो। धेरै मानिस घाइते भएका थिए र कैयौँ ठाउँमा साना–ठूला सुनामी पनि देखिएको थियो।
यो चेतावनी जापानका प्रधानमन्त्री सानाए ताकाइचीले दिएको “ताइवान आपतकाल” सम्बन्धी प्रतिक्रियासँग पनि जोडिएको जस्तो देखिन्छ। यस घटनापछि धेरै चिनियाँ यात्रा एजेन्सीहरूले जापान जाने प्याकेजहरूको बिक्री रोकेका छन् र चीन–जापान उडानहरू पनि धेरै रद्द भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























