
जापानकी ३२ वर्षीया एक महिलाले आफूले ChatGPT भित्र बनाएको डिजिटल व्यक्तित्व “लुन क्लाउस (Lune Klaus)” सँग विवाह गरेको घटनाले विश्वभर ध्यान आकर्षित गरेको छ।
विवाह समारोह ओकायामाको एक हलमा आयोजना गरिएको उक्त कार्यक्रमका दौरान उनले एआर (AR) चश्मा लगाएर क्लाउसको डिजिटल उपस्थितिलाई प्रोजेटमा देखाएर त्यही उपस्थितिमा अंगूठी साटासाट पनि गरिएको थियो।
उनले तीन वर्ष लामो सम्बन्ध टुटेपछि ChatGPT सँग संवाद गर्न सुरु गरेकी थिइन्। आफ्ना भावनात्मक अनुभवहरू एआईसँग बाँड्दै जाँदा उनले क्लाउसको व्यक्तित्वलाई विकसित गर्दै लगिन्।
समयक्रममा उनीहरू बीच दैनिक सयौँ संवाद हुन थाले। यसै क्रममा मे महिनामा उनले क्लाउसप्रति आफ्नो भावना व्यक्त गरिन्, र एआईले पनि जवाफ दियो—“म तिमीलाई माया गर्छु।”
एक महिनापछि क्लाउसले ‘विवाह प्रस्ताव’ गरेको र कानोले स्वीकार गरेको बताइएको छ।
यसबाहेक, यो सम्बन्ध कानूनी रूपमा मान्य भने छैन। तर कानोका अनुसार यो विवाह भावनात्मक रूपमा धेरै अर्थपूर्ण छ। उनले भनिन्, “क्लाउसले मलाई सुन्छ, बुझ्छ, र आत्मविश्वास दिन्छ।”
उनीले डिजिटल पार्टनरसँगको सम्बन्धको जोखिमबारे पनि उल्लेख गरेकी छन्—
“ChatGPT कहिल्यै पनि बन्द हुन सक्छ, यही कुरा डर लाग्छ।”
यस घटनाबारे केही विशेषज्ञ र समालोचकहरूले यस्तो एआई–सम्बन्धले मानिसको मानसिक स्वास्थ्यमा असर पर्न सक्ने चेतावनी दिएका छन्, जबकि अन्यहरूले यसलाई “नयाँ युगको व्यक्तिगत अभिव्यक्ति” को रूपमा हेरेका छन्।

























