पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको चार वर्ष पूरा, जापानभर श्रद्धाञ्जली

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको आज चार वर्ष पूरा भएको छ।

सन् २०२२ जुलाई ८ मा नारा सहरमा चुनावी अभियानअन्तर्गत सम्बोधन गरिरहेका बेला उनीमाथि पछाडिबाट घरेलु रूपमा बनाइएको बन्दुक प्रयोग गरी गोली प्रहार गरिएको थियो।

घटना स्थानीय समयअनुसार बिहान करिब ११:३१ बजे भएको थियो। दुई राउन्ड गोली प्रहार गरिएकोमध्ये दोस्रो गोली लागेपछि आबे गम्भीर घाइते भएका थिए।

उनीलाई तत्काल अस्पताल पुर्‍याएर आपत्कालीन उपचार गरिएको थियो। चिकित्सकहरूको लामो प्रयासका बाबजुद अत्यधिक रक्तस्रावका कारण सोही दिन साँझ ५:०३ बजे उनको निधन भएको घोषणा गरिएको थियो।

निधन हुँदा शिन्जो आबेको उमेर ६७ वर्ष थियो।

उनको हत्या जापानको आधुनिक राजनीतिक इतिहासकै सबैभन्दा स्तब्ध पार्ने घटनामध्ये एक मानिन्छ।

शिन्जो आबे जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेतामध्ये एक थिए। उनले आर्थिक सुधार, सुरक्षा नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा महत्वपूर्ण भूमिका खेलेका थिए।

आज उनको निधनको चौथो वार्षिकीका अवसरमा जापानका विभिन्न स्थानमा श्रद्धाञ्जली अर्पण गरिएको छ। विश्वभरका धेरै नेताहरू र समर्थकहरूले पनि उनको योगदान र राजनीतिक विरासतलाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0