विश्वकप २०२६: अर्जेन्टिना र स्पेनबीच उपाधि भिडन्त हुने
फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक विश्वकप फाइनलमा स्थान बनाएको छ। खेल जुलाई १६ मा एटलान्टा स्टेडियममा सम्पन्न भएको थियो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुवातमै इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
एक गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम समयसम्म लगातार आक्रमण जारी राख्यो। खेलको ८५औँ मिनेटमा लियोनेल मेस्सीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
इन्जुरी समयको अन्तिम क्षणमा मेस्सीले दिएको उत्कृष्ट क्रसलाई लाउटारो मार्टिनेजले हेडमार्फत गोलमा परिणत गरेपछि अर्जेन्टिनाले २–१ को रोमाञ्चक जित निकाल्यो।
यस जितसँगै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ। अब उपाधिका लागि अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0