टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’, विश्वभरका नेपाली पत्रकार एउटै मञ्चमा जुट्ने!

नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आगामी जुलाई २५ मा जापानको टोकियोमा आयोजना हुने भएको छ। सम्मेलनमा नेपाल पत्रकार महासंघका १२ वटा वैदेशिक शाखा सहआयोजकका रूपमा सहभागी हुनेछन्।

प्रवासी सञ्चार माध्यममार्फत नेपाल र विश्वलाई जोड्ने’ मूल नारासहित आयोजना हुने सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, केन्द्रीय कार्यसमितिका पदाधिकारी, विभिन्न वैदेशिक शाखाका अध्यक्ष तथा प्रतिनिधि, जापानमा कार्यरत पत्रकार र विश्वका विभिन्न देशमा सक्रिय नेपाली सञ्चारकर्मीको सहभागिता रहने आयोजकले जनाएको छ।

सम्मेलनमा प्रवासी पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावना, नेपाल पत्रकार महासंघ र वैदेशिक शाखाबीचको सम्बन्ध, प्रेस स्वतन्त्रता, प्रविधिको प्रभाव तथा जिम्मेवार पत्रकारितालगायत विषयमा कार्यपत्र प्रस्तुति, प्यानल छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ।

आयोजकका अनुसार यस सम्मेलनले विश्वभर रहेका नेपाली पत्रकारलाई एउटै साझा मञ्चमा जोड्नुका साथै प्रवासी पत्रकारिताको संस्थागत विकास, अन्तर्राष्ट्रिय सहकार्य र व्यावसायिक क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्मेलनलाई सफल बनाउन जापानस्थित डिजिटल वालेट कर्पोरेशनअन्तर्गतका स्माइल्स मोबाइल रेमिटेन्सस्माइल्स कनेक्ट मुख्य कार्यक्रम साझेदार बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0