ट्रम्पको घोषणा: “गाजामा युद्ध समाप्त”, बन्दीहरू रिहा हुने आशा

वासिङ्टन डीसी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीचको युद्धविराम सम्झौताबारे प्रतिक्रिया दिँदै गाजाको युद्ध “अन्त्य भएको” घोषणा गरेका छन्। एयर फोर्स वनमा बोल्दै उनले युद्धविराम कायम रहने विश्वास व्यक्त गर्दै गाजाका लागि “शान्ति बोर्ड” स्थापना हुने बताए।

ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहू र मध्यस्थकर्ता कतारको भूमिका प्रशंसायोग्य रहेको बताए। उनले गाजालाई “विध्वंसको थलो” भएको बताए तापनि आगामी दशकहरूमा त्यसलाई “चमत्कार”मा रूपान्तरण गर्ने सम्भावना देखेका छन्।

सम्झौताअनुसार, हमासले सोमबारसम्म २० जना जीवित र २८ जना मृत बन्धकको अवशेष हस्तान्तरण गर्नेछ भने इजरायलले करिब २५० प्यालेस्टिनी कैदीहरू र १,७०० बन्दीहरू रिहा गर्नुपर्नेछ।

ट्रम्प सोमबार इजरायलको संसद क्रेसेट लाई सम्बोधन गर्नेछन् र त्यसपछि इजिप्टमा हुने शान्ति सम्मेलनको नेतृत्व गर्नेछन्। सो सम्मेलनमा बेलायत, प्यालेस्टिन, र अन्य २० भन्दा बढी देशका नेताहरू सहभागी हुनेछन्।

इजिप्टले “गाजा युद्ध अन्त्य गर्ने दस्तावेज” मा हस्ताक्षर हुने अपेक्षा गरेको छ।

पृष्ठभूमिमा, अक्टोबर ७, २०२३ मा हमासको हमलामा १,२०० मानिस मारिएका र २५१ बन्धक बनाइएका थिए। त्यसयता, इजरायली कारबाहीमा ६७,००० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमध्ये १८,००० बालबालिका रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0