
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अगस्ट १३ मा जापानले आफ्नो भूभाग दाबी गर्दै आएको एतोरोफु टापु, जसलाई रूसले इतुरुप भन्छ, भ्रमण गरेपछि जापानले कडा विरोध जनाएको छ। पुटिनले विवादित चार टापुमध्ये कुनैमा भ्रमण गरेको यो पहिलोपटक हो।
जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले पुटिनको भ्रमणले जापानी जनताको भावनामा चोट पुर्याएको भन्दै यसलाई पूर्ण रूपमा अस्वीकार्य बताएकी छन्। विदेशमन्त्री तोशिमित्सु मोटेगीले रूसी राजदूतलाई मन्त्रालयमा बोलाएर औपचारिक विरोध जनाएका छन्।
जापानले एतोरोफु, कुनाशिरी, शिकोतान र हाबोमाइ टापु समूहलाई ‘उत्तरी भूभाग’ भन्दै ऐतिहासिक तथ्य र अन्तर्राष्ट्रिय कानुनका आधारमा आफ्नो सार्वभौम भूभाग भएको दाबी गर्छ। रूसले भने यी टापु दोस्रो विश्वयुद्धपछि वैधानिक रूपमा रूसी भूभाग बनेको भन्दै जापानको दाबी अस्वीकार गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



















