नेपालको बाढीप्रति जापानी प्रधानमन्त्री ताकाइचीबाट पनि चिन्ता, पाँच जापानी नागरिकको खोजीमा सहयोग मागिन्

जापानकी प्रधानमन्त्री साने ताकाइचीले नेपालमा आएको विनाशकारी बाढी र पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।

उनले अगस्ट २७ बिहान सामाजिक सञ्जालमार्फत नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति व्यक्त गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका पाँच जापानी नागरिकसँग सम्पर्क हुन नसकेको विषयले आफूलाई निकै चिन्तित बनाएको बताएकी छन्।

नेपालस्थित जापानी दूतावासका अनुसार ती पाँचै जना एउटै भ्रमण समूहमा सहभागी थिए। उनीहरूसँग सम्पर्क हुन नसकेपछि दूतावासले नेपाल सरकारलाई खोजी तथा उद्धारका लागि अनुरोध गरेको छ। उनीहरूको वास्तविक अवस्था भने अझै पुष्टि भएको छैन।

प्रधानमन्त्री ताकाइचीले प्रभावित क्षेत्रमा रहेका कसैसँग पाँच जापानी नागरिकको अवस्थाबारे विश्वसनीय जानकारी भए नेपालस्थित जापानी दूतावासलाई खबर गर्न आग्रह गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0