
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र ऊर्जा मन्त्री कुलमान घिसिङबीच भेटवार्ता हुने तयारी भइरहेको छ ।
रास्वपा निकट स्रोतका अनुसार रवि, कुलमान र बालेनबीच चुनाव केन्द्रित निर्णायक वार्ता केही दिनभित्रै हुने तयारी गरिएको छ । आगामी राजनीतिक र निर्वाचन रणनीतिबारे साझा धारणा बनाउने उद्देश्यले उक्त भेटवार्ता तय हुन लागेको बताइएको छ ।
यो सम्भावित भेटवार्तालाई नयाँ राजनीतिक समीकरण र वैकल्पिक शक्तिको संकेतका रूपमा हेरिएको छ, जसले आगामी चुनावी राजनीतिमा ठूलो प्रभाव पार्न सक्ने आँकलन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























