जापानले ल्यायो अत्याधुनिक मान्छे धुने वाशिङ मेसिन

जापानले ओसाका Expo 2025 मा प्रदर्शित गरेको Human Washing Machine अब बजारमा ल्याउने तयारी सुरु गरेको छ।
यो मेसिन एक नुहाउने मेसिन हो जसमा मानिस बस्छन्, र micro-bubbles तथा fine-mist shower प्रयोग गरेर शरीर सफा गरिन्छ। धोएपछि मेसिन ले हावा (air blast) मार्फत शरीर सुकाउने सुविधा पनि दिन्छ। सम्पूर्ण प्रक्रिया करिब १५ मिनेटमा सम्पन्न हुन्छ।
यसमा sensor system पनि छ, जसले शरीरको heartbeat र स्वास्थ्य जाँच गर्छ। यदि प्रयोगकर्ता थकित देखिन्छ भने, नुहाउने मेसिनले आरामदायी संगीत वा भिडियो प्रदर्शन गरेर मानसिक आराम पनि दिन्छ।
Yamada Holdings ले डिसेम्बर २५ देखि Tokyo (Ikebukuro) मा आफ्नो flagship store मा demo version प्रदर्शन गर्ने जनाएको छ। मूल्य अनुमानित ¥60 मिलियन (करिब 564,000 अमेरिकी डलर) रहेको छ।
यो Human Washing Machine मुख्यतया घर, नर्सिङ होम, अस्पताल र “wellness / care facility” मा प्रयोगयोग्य बनाइने उद्देश्य राखिएको छ। कम्पनीले भनेको छ कि बिक्री मिति अझै निश्चित छैन, तर “public demand र premium product test” का आधारमा बजारमा ल्याउने योजना छ।
विशेषज्ञहरूले भनेका छन् कि यो उपकरण साधारण घरका लागि महँगो पर्न सक्छ, तर वृद्ध वा अशक्त मानिसका लागि सुविधा दिने सम्भावना उच्च छ। यसले जापानमा स्वास्थ्य + सुविधा + wellness culture प्रवर्धन गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0