एनपिएलमा आज दुई महत्वपूर्ण खेल

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरगत आज दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्।

त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा पहिलो खेल ११:४५ बजे र दोस्रो खेल अपराह्न ४:०० बजे सुरु हुने कार्यक्रम छ।

रोहितकुमार पौडेल नेतृत्वको लुम्बिनीले तीन खेलमध्ये एकमा मात्र जित निकालेको छ र हाल अङ्क तालिकाको छैटौँ स्थानमा छ। आज सुदूरपश्चिमलाई हराउँदै लय फिर्ता ल्याउने लक्ष्य टोलीको छ।

उता दीपेन्द्रसिंह ऐरी कप्तानीको सुदूरपश्चिम रोयल्स उत्कृष्ट फर्ममा छ। लगातार तीन जितसहित ६ अङ्क बटुलेको टोली शीर्षस्थानमा छ।

दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दैछन्। अनिल शाह नेतृत्वको जनकपुर र कुशल भुर्तेल कप्तानीको पोखरा दुवैले यसअघि खेलिएका खेलमा पराजय भोगेकाले आज जित निकाल्दै प्रतियोगितामा लय फिर्ता ल्याउने प्रयासमा रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0