
जापान सम्राट नरुहितोकी भतिजी, राजकुमारी काको, कोभिड–१९ संक्रमण पुष्टि भएको जापानको इम्पेरियल हाउसल्ड एजेन्सीले मंगलबार जनाएको छ।
३० वर्षीया राजकुमारीलाई मंगलबार बिहान करिब ३८ डिग्री सेल्सियस ज्वरो आएको थियो र परीक्षण गराएपछि संक्रमण पुष्टि भएको हो। उनी शुक्रबारसम्मका निर्धारित कार्यक्रमहरूमा सहभागी हुन नसक्ने बताइएको छ।
एजेन्सीका अनुसार राजकुमारीलाई आइतबार घाँटी दुख्ने लक्षण देखा परेको थियो तर सोमबार गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो। मंगलबार फेरि गरिएको परीक्षणमा उनी संक्रमित भएको पुष्टि भयो।
राजकुमारी काकोका अभिभावक राज युवराज फुमिहितो र राज युवराज्ञी किकोमा भने कुनै लक्षण देखा परेनन्, एजेन्सीले जनाएको छ।
राजकुमारीले आइतबार राजधानी टोकियोको शिबुया वार्डमा आयोजित राष्ट्रिय युवा भाषण प्रतियोगितामा भाग लिएकी थिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























