
नेपाली कांग्रेसका पूर्वसांसद् तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ। काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा गएराति साढे २ बजे उनको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
मिर्गौला फेल भएपछि उनी केही दिनदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो। रौतहटबाट प्रतिनिधित्व गरेका आलमले वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीका रूपमा सेवा गरेका थिए।
२०६४ सालको बम विस्फोट प्रकरणमा जिल्ला अदालतले उनलाई जन्मकैद सजाय सुनाएको थियो, तर वीरगन्ज उच्च अदालतले सो फैसला उल्ट्याएपछि उनी गत जेठ महिनामा कारागारबाट मुक्त भएका थिए। छुटेपछि उनको स्वास्थ्य अवस्था लगातार बिग्रँदै गएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























