ओसाकामा नोभेम्बर ८ मा बृहत् देउसी–भैलो कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम हुँदै!

जापानको ओसाका सहरमा नेपालीहरूको मौलिक चाड तिहारको अवसरमा बृहत् देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

कर्णाली समाज जापान, कान्साई क्षेत्रीय समितिको आयोजनामा नोभेम्बर ८, २०२६ आइतबार कार्यक्रम हुन लागेको हो।

आयोजकका अनुसार कार्यक्रम ओसाकाको नानीवा कुमिन सेन्टरमा साँझ ५ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा सामूहिक देउसी–भैलोसँगै नेपाली कला, संस्कृति र परम्परा झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहनेछन्।

जापानमा बसोबास गर्ने नेपालीहरूलाई एकै ठाउँमा भेला गराई आपसी सद्भाव, एकता र भाइचारा बढाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

परदेशमा पनि नेपाली चाडपर्व र मौलिक संस्कृतिलाई निरन्तरता दिने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा कान्साई क्षेत्रका सम्पूर्ण नेपालीलाई सहभागिताका लागि निमन्त्रणा गरिएको छ।

कार्यक्रममा सहभागी भएर तिहारको उत्सव सामूहिक रूपमा मनाउन आयोजकले आग्रह गरेको छ।

आयोजक: कर्णाली समाज जापान, कान्साई क्षेत्रीय समिति
सम्पर्क: अध्यक्ष झरेन्द्र कुमार कवर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0