
सुप्रिम सहकारी प्रकरणमा पक्राउ परेका रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज पुनः उच्च अदालत बुटवलमा सुनुवाइ हुँदैछ। अघिल्लो हप्ता हेर्न नभ्याएर स्थगित गरिएको यो मुद्दा आजको पेसीमा परेकाे हो।
दुवै जना अहिले पनि न्यायिक हिरासतमा छन्। सुनुवाइमा उनीहरूको थुनछेक, जमानत वा हिरासत अवधि थप्ने विषयबारे छलफल हुने अनुमान छ।
यसअघि उनीहरूले बिगो बुझाउन तयार रहेको भन्दै छुटको माग गरेका थिए, तर जिल्ला अदालतले उनीहरूलाई थुनामै राख्नुपर्ने निर्णय सुनाइदिएको थियो।
मुद्दासँग सम्बन्धित कागजात र अनुसन्धान प्रतिवेदन अदालतमा क्रमशः बुझाइँदै गइरहेको छ।
आजको सुनुवाइले अगाडिको कानुनी प्रक्रिया कुन दिशातिर जाने हो भन्नेमा महत्वपूर्ण संकेत गर्ने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























