
नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि सहयोगका लागि जापान सरकारले पठाएको Japan Disaster Relief (JDR) Expert Team काठमाडौं आइपुगेको छ।
जापान सरकारले नेपाल सरकारको अनुरोधपछि सेप्टेम्बर ३ मा विज्ञ टोली पठाउने निर्णय गरेको थियो। टोलीको मुख्य उद्देश्य ठूलो संख्यामा फेला परेका शव तथा अवशेषको पहिचान कार्यमा नेपाली निकायलाई प्राविधिक सहयोग गर्नु हो।
जापानले यसअघि टेन्ट, कम्बल, प्लास्टिक सिट, सुत्ने म्याट र पानी बोक्ने जेरिक्यानलगायत आपतकालीन राहत सामग्रीसमेत नेपाललाई उपलब्ध गराइसकेको छ। जापान सरकारले नेपालसँगको मित्रता र मानवीय आवश्यकतालाई ध्यानमा राख्दै सम्भव भएसम्म सहयोग जारी राख्ने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



















